सुनसरीमा मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीनको मृत्यु

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ । शनिबार राति भएको दुर्घटनामा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो । दुर्घटनामा इनर्चनकी श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार रमेश चौधरी गम्भीर […]

Jun 29, 2025 - 06:57
 0
सुनसरीमा मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीनको मृत्यु

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ । शनिबार राति भएको दुर्घटनामा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो ।

दुर्घटनामा इनर्चनकी श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार रमेश चौधरी गम्भीर घाइते भएका छन् । घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register