तीनवटा पुल ध्वस्त भएपछि संरचना जोगाउन भन्दै ओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय 

बुटवल।  भारतीय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल  ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रिँदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको हो । मंगलबार जिल्ला प्रशासन […]

May 21, 2025 - 14:16
 0
 तीनवटा पुल ध्वस्त भएपछि संरचना जोगाउन भन्दै ओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय 

बुटवल। 

भारतीय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल  ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रिँदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्ता ओभरलोड रहेका मालवाहक सवारी साधनहरुले भन्सार विन्दुमै भारमिलान गरी मात्र नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । 

भारतीय गाडीलाई ओभरलोड छुट दिँदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोरो मापदण्ड हटाउँदै नियन्त्रण गर्न माग राख्दै आएका थिए ।  ट्रक व्यवसायीको माग मात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनका कारण बुटवल–नारायणगढ सडक खण्डका ३ वटा पुलमा क्षति पुगेको छ भने भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक खण्ड पनि क्षति भएर पटक पटक मरम्मत गरिदै आएको छ । 

यी सबै समस्याहरुलाई नै हेरेर भारमिलान सम्बन्धी कानूनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको भनाई छ । 

यसको पूर्ण कार्यान्वयनको व्यवस्था यातायात व्यवस्था कार्यालय, बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले आपसी समन्वय एवं सहकार्यमा गर्ने पनि जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।  साथै नेपाली नम्बर प्लेट भएका नेपाल भित्र सञ्चालन हुने ढुवानीका सवारी साधनका हकमा समेत तोकिएको भार क्षमता भित्र मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरिएको छ ।

यसको लागि भैरहवा भन्सार कार्यालयमा तौल मेशीन रहने स्थानमा भैरहवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक एक जना प्रतिनिधिले निरीक्षण गरेर भारवाहन क्षमता भित्र रहेको सुनिश्चित गरेर मात्र सवारी साधन पास हुने व्यवस्था गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले भारमिलान सम्बन्धी गरेको निर्णयको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भारमिलानको निर्णय स्वागत योग्य रहेको बताए । उनले भारतीय गाडीहरुको ओभर लोड भन्सार बिन्दुमै मिलान गर्ने व्यवस्थाले नेपाली सडक, पुल पुलेसाको संरक्षण हुने र नेपाली  ट्रक व्यवसायीको लगानी सुरक्षित हुने विश्वास लिए । त्यस्तै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले प्रशासनको अगुवाइमा भएको निर्णय व्यवहारमा कार्यान्वयन भएमा  बल्ल यातायात व्यवसायीले राहातको महसुस गर्ने बताए । 

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धी निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । 

निर्देशिकाको बुंदा नम्बर १० मा पनि “तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको सामान झारी सवारी धनिले नै त्यस्तो सामानको भण्डारणको व्यवस्था मिलाउनु पर्ने” भनी उल्लेख गरेको छ ।  

नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक यस्ता सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेका छन् । ९६ टन सम्म भारवाहन गरेका मालवाहक गाडीहरु नेपाल भित्रिरहँदा ट्राफिक प्रहरीले १ हजार ५ सय रुपैयाँ जरिवाना लिएर मात्र नेपाल भरि प्रवेशको स्वीकृति दिएको प्रमाण  हामीसँग सुरक्षित रहेको छ । 

यसवारेमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख प्रकाश गैरेले ओभरलोडले गर्दा नेपाली यातायात व्यवसायीको अवौको लगानी जोखिममा रहेको समयमा प्रशासनको निर्णयले केही राहात मिल्ने विश्वास व्यक्त गरे ।

 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register