कक्षा ११-१२ का विद्यार्थीलाई काठमाडौं महानगरको छात्रवृत्ति, आजदेखि अनलाइन आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।  महानगरले  एक सूचना जारी गर्दै  शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । इच्छुक विद्यार्थीहरूले  १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ  […]

Jul 2, 2025 - 02:48
 0
कक्षा ११-१२ का विद्यार्थीलाई काठमाडौं महानगरको छात्रवृत्ति, आजदेखि अनलाइन आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आव्हान गरेको छ ।  महानगरले  एक सूचना जारी गर्दै  शैक्षिक सत्र २०८२/०८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।

इच्छुक विद्यार्थीहरूले  १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ  । प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ  । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np बाट अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ । थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register