जसपा नेपालका प्रदेश सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

काठमाडौं । जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिएको छ । विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । यसअघि अख्तियारले सांसद कुशवाहाको घरमा छापा मारेको थियो । महोत्तरी क्षेत्र नम्बर […]

Jun 12, 2025 - 14:16
 0
जसपा नेपालका प्रदेश सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

काठमाडौं । जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट नियन्त्रणमा लिएको छ ।

विभिन्न उपभोक्ता समिति गठन गरेर समितिको खातामा दाखिला भएको रकम अनियमितता गरेको आरोपमा अनुसन्धानका लागि उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ ।

यसअघि अख्तियारले सांसद कुशवाहाको घरमा छापा मारेको थियो ।

महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद कुशवाहाको घरमा सोमबार छापा मार्ने क्रममा उनका निजी सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
सो क्रममा योजनासँग सम्बन्धित केही कागजात पनि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

त्यतिबेला सांसद कुशवाहा भने सम्पर्कविहीन भएका थिए ।

कुशवाहा एउटै निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री पनि हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register