दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

काठमाडौं । दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ । जसपा नेपालले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा नेपाली नागरिकसहित २६ जना पर्यटकहरूको ज्यान जाने गरी भएको आतङ्कवादी घटनापछि भारत र पाकिस्तानबीच […]

May 10, 2025 - 09:01
 0
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

काठमाडौं । दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।

जसपा नेपालले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा नेपाली नागरिकसहित २६ जना पर्यटकहरूको ज्यान जाने गरी भएको आतङ्कवादी घटनापछि भारत र पाकिस्तानबीच उत्पन्न तनावलाई लिएर चिन्ता व्यक्त गरेको हो ।

जसपा नेपालले विज्ञप्ति जारी गर्दै महलगाम घटनालाई मानवताविरोधीको संज्ञा दिँदै त्यसको भत्र्सना गरेको छ । यसले विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

‘आतङ्कवादको कुनै जात, धर्म र राष्ट्रियता हुँदैन । आतङ्कवाद विरुद्धको लडाइमा पार्टीको समर्थन र ऐक्यबद्धता रहन्छ,’ बस्नेतले भने ।

जसपा नेपाल शान्तिपूर्ण सह–अस्तित्व, लोकतान्त्रिक मूल्य र मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको र आगामी दिनहरूमा पनि यस्तै मान्यताहरूका साथ अगाडि बढ्ने पार्टीको प्रतिबद्धता रहेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register