जग्गा विवादमा छुरा प्रहार गरी हत्या

धनुषा । जनकपुरधाममा एक जनाको छुरा प्रहार गरी हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरका बासिन्दा ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो । वासुदेवलाई उनकै ज्वाईं ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । जग्गासम्बन्धी घरायसी विवादको कारण […]

Jul 2, 2025 - 08:30
 0
जग्गा विवादमा छुरा प्रहार गरी हत्या

धनुषा । जनकपुरधाममा एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुरका बासिन्दा ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या भएको हो ।

वासुदेवलाई उनकै ज्वाईं ४८ वर्षीय बेचन महासेठले बुधबार बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

जग्गासम्बन्धी घरायसी विवादको कारण बेचनले पेटमा चक्कु प्रहार गर्दा वासुदेव गम्भीर घाइते भएका थिए । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा वासुदेवको मृत्यु भएको डीएसपी सिंहले बताए ।

घटनापश्चात बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register