पाथीभरामा केबलकार विवाद : सर्वसाधारणका घरमा राँको फालेको आरोपमा १५ जना पक्राउ

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेका १५ जना पक्राउ परेका छन् । सदरमुकाम फुङलिङ बजारमा सर्वसाधारणको घरमा आगोका राँको फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले नेपालभ्युजलाई जानकारी दिइन् । आइतबार राति राँके जुलुस निकालेका आन्दोलनकारीले केही घरमा राँको फालेपछि स्थिति तनावग्रस्त बनेको थियो । यसपछि प्रशासनले फुङलिङमा […]

Feb 23, 2025 - 04:12
 0
पाथीभरामा केबलकार विवाद : सर्वसाधारणका घरमा राँको फालेको आरोपमा १५ जना पक्राउ

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणविरुद्ध आन्दोलन गरिरहेका १५ जना पक्राउ परेका छन् ।

सदरमुकाम फुङलिङ बजारमा सर्वसाधारणको घरमा आगोका राँको फालेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले नेपालभ्युजलाई जानकारी दिइन् ।

आइतबार राति राँके जुलुस निकालेका आन्दोलनकारीले केही घरमा राँको फालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

यसपछि प्रशासनले फुङलिङमा निषेधाज्ञा लगाइएको छ । आज (आइतबार) बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुने सम्भावित प्रदर्शन, जुलुसका कारण शान्ति सुरक्षा भङ्ग हुने जोखिमलाई मध्यनजर गर्दै निषधाज्ञा लगाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register