वैदेशिक रोजगारीको झुटो प्रलोभनमा १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। लक्जेम्बर्ग पठाइदिन्छु भन्दै आकर्षक तलबको आश्वासन दिएर रकम ठगी गरेको आरोपमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरीले लक्जेम्बर्ग लैजाने बहानामा दुई जना पीडितबाट कुल १२ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई काठमाडौं […]

Jul 5, 2025 - 12:09
 0
वैदेशिक रोजगारीको झुटो प्रलोभनमा १२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं ।

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। लक्जेम्बर्ग पठाइदिन्छु भन्दै आकर्षक तलबको आश्वासन दिएर रकम ठगी गरेको आरोपमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

चौधरीले लक्जेम्बर्ग लैजाने बहानामा दुई जना पीडितबाट कुल १२ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–४ बाट बिहीबार पक्राउ गरेको हो।

यसैबीच, बैङ्किङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादी पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–८ का ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ का ३६ वर्षीय सुनिल लामा रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले खड्कालाई बिहीबार चावहिलको गङ्गाहिटीबाट र लामालाई शुक्रबार चन्द्रागिरिको गुर्जुधाराबाट पक्राउ गरेको हो।

पक्राउ परेका प्रलाद खड्कालाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र सुनिल लामालाई इलाका प्रहरी कार्यालय सिमरा, बारा पठाइएको प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register