बौद्ध इन्टरनेशनल स्कुलद्वारा “इन्टरनेशनल डे” को आयोजना (तस्वीरसहित)

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि “इन्टरनेशनल डे” को आयोजना गरेको छ । पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो । काठमाडौं महानगरपालिकाले बुक फ्री फाइडे र स्टिमका विभिन्न […]

Feb 22, 2025 - 09:37
 0
बौद्ध इन्टरनेशनल स्कुलद्वारा “इन्टरनेशनल डे” को आयोजना (तस्वीरसहित)

काठमाडाैं ।

गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि “इन्टरनेशनल डे” को आयोजना गरेको छ ।

पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरेको हो ।

काठमाडौं महानगरपालिकाले बुक फ्री फाइडे र स्टिमका विभिन्न कोर्सहरु सञ्चालन गरिरहेको छ । विद्यार्थीहरुलाई समूहमा विभाजन गरेर संयुक्त राष्ट्रसंघमा दर्ता भएका देशहरु मध्ये ५० वटा देश झल्काउने स्टलहरु राखिएका छन् ।

यसका साथै संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय सहायता सम्बन्धी संस्थाका स्टल पनि राखिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register