अमेरिकाको टेक्सासमा विनशाकारी बाढी, मृत्यु हुनेको संख्या २४ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्सासमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ। साथै, क्रिश्चियन ग्रीष्मकालीन शिविर, क्याम्प मिस्टिकबाट २३ देखि २५ बालबालिका हराइरहेका छन्, र उनीहरूको खोजीका लागि उद्धार कार्य जारी छ। टेक्सासका धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बाढीले सडकहरू बन्द भएका छन् र फोन लाइनहरू […]

Jul 5, 2025 - 11:43
 0
अमेरिकाको टेक्सासमा विनशाकारी बाढी, मृत्यु हुनेको संख्या २४ पुग्यो

एजेन्सी । अमेरिकाको टेक्सासमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ। साथै, क्रिश्चियन ग्रीष्मकालीन शिविर, क्याम्प मिस्टिकबाट २३ देखि २५ बालबालिका हराइरहेका छन्, र उनीहरूको खोजीका लागि उद्धार कार्य जारी छ।

टेक्सासका धेरै क्षेत्रमा आपतकाल घोषणा गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार बाढीले सडकहरू बन्द भएका छन् र फोन लाइनहरू पनि अवरुद्ध छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो बाढीलाई ‘चकित पार्ने’ र ‘भयानक’ भन्दै प्रभावित क्षेत्रहरूका लागि थप सहयोगको वाचा गरेका छन् ।

तस्वीर : सीएनएन

तस्वीरहरूमा सडकहरूमा तीव्र गतिमा बगिरहेको बाढीको पानी र डुबेका पुलहरू देखिन्छन्, जसले यो प्रकोपको गम्भीरता झल्काउँछ ।

टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले भनेका छन्, ‘४५ मिनेटमै ग्वाडालुप नदीको जलस्तर २६ फिट बढ्यो, जसले गर्दा यो विनाशकारी बाढी आयो, सम्पत्तिको क्षति गर्‍यो र मानिसहरूको ज्यान लियो ।’

अधिकारीहरूले भनेका छन् कि सबै हराइरहेका व्यक्तिहरूको खोजी नभएसम्म उद्धार र राहत अभियान जारी रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register