माओवादी केन्द्रले भन्यो- एमालेसँग एकताको चर्चा छैन 

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग एकताको चर्चा नचलेको बताएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले नेतृ विद्यादेवी भण्डारीसँग भेटगरी वाम एकताबारे वार्ता गरेको विषय सार्वजनिक भएपछि माओवादी केन्द्रले त्यसको खण्डनन गरेको हो । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठ र भण्डारीबीचको भेट पार्टीको जानकारीमा नरहेको पनि बताएका छन् । ‘हाम्रो […]

Jul 7, 2025 - 13:39
 0
माओवादी केन्द्रले भन्यो- एमालेसँग एकताको चर्चा छैन 

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग एकताको चर्चा नचलेको बताएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले नेतृ विद्यादेवी भण्डारीसँग भेटगरी वाम एकताबारे वार्ता गरेको विषय सार्वजनिक भएपछि माओवादी केन्द्रले त्यसको खण्डनन गरेको हो ।

पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति प्रकाशित गर्दै श्रेष्ठ र भण्डारीबीचको भेट पार्टीको जानकारीमा नरहेको पनि बताएका छन् । ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौँ । एमालेसँगको एकताका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

अन्य कम्युनिस्ट पार्टी र समाजवादी मोवर्चामा रहेका घटकहरूसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा आधारहीन रहेको माओवादी केन्द्रको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register