लोमान्थाङको चुम्जुङखोलामा आएको बाढीले चारवटा पुल बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

म्याग्दी। हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङखोलामा आएको बाढीले चारवटा पुल बगाएको छ । मङ्गलवार साँझपख एक्कासी चुम्जुङखोलामा आएको लेदोसहितको बाढीले तीनवटा काठेपुल र एकवटा फलामको पुल बगाएको हो । चुम्जुङखोलामा आएको बाढीले सोही स्थानमा रहेको निर्माणाधीन एउटा पक्की पुल र लोमान्थाङ–२, साम्जुङमा पनि निर्माणाधीन एकवटा पक्की पुलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले […]

Jul 8, 2025 - 17:49
 0
लोमान्थाङको चुम्जुङखोलामा आएको बाढीले चारवटा पुल बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

म्याग्दी।

हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङखोलामा आएको बाढीले चारवटा पुल बगाएको छ । मङ्गलवार साँझपख एक्कासी चुम्जुङखोलामा आएको लेदोसहितको बाढीले तीनवटा काठेपुल र एकवटा फलामको पुल बगाएको हो ।

चुम्जुङखोलामा आएको बाढीले सोही स्थानमा रहेको निर्माणाधीन एउटा पक्की पुल र लोमान्थाङ–२, साम्जुङमा पनि निर्माणाधीन एकवटा पक्की पुलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । बाढीले एकवटा फलामको पुलसहित तीनवटा काठको पुल बगाएर क्षति पुगेको मुस्ताङका प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।

चुम्जुङखोलाको बीच भागमा रहेको एकवटा होटल र वडानम्बर ४ स्थित रहेको न्याम्डो गाउँका दुईवटा घरका मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरी नायव उपरीक्षक लामाले बताउनुभयो । बाढीले फलाम र काठेपुलसहित भौतिक संरचनामा क्षति पु¥याएको भए पनि मानवीय तथा पशु चौपायाको भने क्षति नभएको उहाँको भनाइ छ । बाढीले क्षति पु¥याएको स्थानमा इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी बल (बिओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ९ जनाको टोली खटिएको छ ।

दुवै प्रहरीको टोलीले चुम्जुङखोलामा आएको बाढीका कारणले हुन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर स्थानीयवासीलाई सतर्कता अपनाउन सूचना जारी गरेको जनाएका छन् । अहिले बाढी आएको खोलामा पानीको वहाव घटेको छ भने आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई सूचना जारी गरिएको प्रहरी नायव उपरीक्षक लामाले बताउनुभयो । बाढी आएको क्षेत्रमा प्रहरीको टोली परिचालन भई बाढीले पु¥याएको क्षतिको विषयमा विवरण सङ्कलन भैरहेको प्रहरीले जनाएको छ ।

मुस्ताङ र तिब्बतको सिमानामा पर्ने मुस्ताङ हिमालको हिमताल फुटेर चुम्जुङखोलामा बाढी आएको हुन सक्ने अनुमान गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । लोमान्थाङ–४, छोन्हुपभन्दा माथिबाट आएको बाढी चुम्जुङखोला हुँदै तल छोसेरमा आएर कालीगण्डकी नदीमा मिसिएको छ । बाढीका कारण हुन सक्ने सम्भावित क्षतिलाई ध्यानमा राखेर कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका मानव वस्तीलाई सुरक्षित रहन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुसालले बताउनुभयो । बाढीका कारण कालीगण्डकी करिडोर अन्तर्गतको कोरला नाका जोड्ने पुलहरु उच्च जोखिममा परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register