१ करोड ४४ लाख रुपियाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंं । स्रोत नखुलेको १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिकलाई बौद्ध नयाँ बस्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त व्यक्ति बसोबास गरिरहेको कोठामा खानतलासी गर्दा अवैध कारोबारको आशंकामा ठूलो परिमाणको नगद फेला पारेको हो ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६, बौद्ध […]

Jul 9, 2025 - 05:19
 0
१ करोड ४४ लाख रुपियाँसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंं ।

स्रोत नखुलेको १ करोड ४४ लाख नगदसहित एक चिनियाँ नागरिकलाई बौद्ध नयाँ बस्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त व्यक्ति बसोबास गरिरहेको कोठामा खानतलासी गर्दा अवैध कारोबारको आशंकामा ठूलो परिमाणको नगद फेला पारेको हो ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित डेरा लिएर बस्दै आएका ती चिनियाँ नागरिकको कोठामा शंकास्पद आर्थिक कारोबार भइरहेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो ।

खानतलासीका क्रममा १ करोड ४४ लाख रुपियाँ बरामद भएपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति हाल काठमाडौंको स्वयम्भू क्षेत्रमा बसोबास गर्दै आएका वाङ झिङ रहेको बताइएको छ । उनको पासपोर्ट नम्बर इजी २२१६१७१ उल्लेख गरिएको छ ।

आर्थिक स्रोत अस्पष्ट

प्रहरीले बरामद भएको नगद रकमको स्रोत खुल्न नसकेको भन्दै आर्थिक अपराधअन्तर्गत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक सूचनामा व्यक्तिले रकम विदेशी नेटवर्कमार्फत अवैध रूपमा संकलन गरेको आशंका गरिएको परिसरका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र आवश्यक कागजात तथा वित्तीय गतिविधि परीक्षणपछि मात्र स्पष्ट विवरण सार्वजनिक गरिने जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register