नेपालको भूमि चीनविरुद्ध प्रयोग हुनेछैन : सभापति देउवा

काठमाडौँनेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनुभएको छ ।सभापति देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालको भूमि चीनबिरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको हो […]

May 5, 2025 - 17:57
 0
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुनेछैन : सभापति देउवा

काठमाडौँ
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनुभएको छ ।
सभापति देउवाले सोमबार नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा जिपी कोइराला फाउण्डेसनद्वारा काठमाडौँमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन कार्यक्रममा नेपालको भूमि चीनबिरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभएको हो । उहाँले दुई मुलुकबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक साझेदारी सधैँ मजबुत रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । साथै उहाँले चीनले आगामी दिनमा पनि नेपालको विकासमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले नेपालको विकास प्रयासमा चीन सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपालको आर्थिक विकासमा चीनको बीआरआईले ठूलो टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । चिनियाँ राजदूत सोङले सन् १९५९ मा नेपालका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले चीनको भ्रमण गरेको र सन् १९६० मा चिनियाँ प्रधानमन्त्री चाओ एन लाई र उपप्रधानमन्त्री चेन यीले नेपालको भ्रमण गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा नेपाल चाइना फ्रेन्डसीप फोरमका अध्यक्ष कल्याणराज शर्माले नेपाल(चीनबीच विभिन्नस्तरमा भइरहने नियमित भ्रमणहरूले परम्परागत सम्बन्धलाई सुदृढ बनाउँदै आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्धलाई थप बलियो बनाएको बताउनुभयो ।


कार्यक्रममा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा ‘मैत्री सम्बन्धको विरासत स् क्यामेराको लेन्सबाट ७० वर्षे नेपाल–चीन सम्बन्ध’ शीर्षकमा दुई देशबीचको ऐतिहासिक सम्बन्ध झल्काउने दुर्लभ तस्वीरहरूको प्रदर्शनी गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register