लुक्सीपार पहिरो अपडेट : बेपत्ता थप एक जनाको पनि शव भेटियो

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारको पहिरोमा बेपत्ता थप एक जनाको आज दिउँसो शव भेटिएको छ । लुक्सीपारस्थित घर नजिकै पाखोबारीमा दाउरा घाँस काट्ने क्रममा बुधवार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका लुक्सीपारका १३ वर्षीय सरोज विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरो खसेको स्थानमा बुधवार र बिहीबार प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले […]

Jul 10, 2025 - 14:01
 0
लुक्सीपार पहिरो अपडेट : बेपत्ता थप एक जनाको पनि शव भेटियो

म्याग्दी।

म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारको पहिरोमा बेपत्ता थप एक जनाको आज दिउँसो शव भेटिएको छ । लुक्सीपारस्थित घर नजिकै पाखोबारीमा दाउरा घाँस काट्ने क्रममा बुधवार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका लुक्सीपारका १३ वर्षीय सरोज विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरो खसेको स्थानमा बुधवार र बिहीबार प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरी बेपत्ता विकको शव भेटाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पौडेलले बताए । पाखोबारीमा दाउरा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर लुक्सीपारका ३५ वर्षीय जगेन्द्र विक र १३ वर्षीय सरोज विक बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएका उनीहरु नाताले बाबुछोरा हुन् । यसअघि बुधवार बेपत्तामध्ये बाबु जगेन्द्र विकको शव भेटिएको थियो भने छोरा सरोजको शव आज भेटिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका जगेन्द्रको शव प्रदेश अस्पताल बेनीमा ल्याएर पोष्टमार्टम गरिसकिएको छ भने सरोजको शव पोष्टमार्टम गर्नको लागि बेनी ल्याइएको छ । पोष्टमार्टमपछि मृतकको शव परिवारलाई बुझाइने प्रहरी निरीक्षक पौडेलले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register