एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच विशेष सम्झौता, रेष्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ई.स्टप नेपाल प्रा.लि.सँग एक विशेष सम्झौता गरेको छ। यो सम्झौता अनुसार बैंकका ग्राहकहरूले ई.स्टप नेपालका रेष्टुरेन्ट सेवाहरूमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवाहरूमा ५ प्रतिशत छुट पाउनेछन्। ई.स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै विद्युतीय सवारी चार्जिङ स्टेसनहरू सञ्चालन गर्दै आएको छ। एनआईसी एशिया […]

Jul 15, 2025 - 05:28
 0
एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच विशेष सम्झौता, रेष्टुरेन्ट र चार्जिङ स्टेसनमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ई.स्टप नेपाल प्रा.लि.सँग एक विशेष सम्झौता गरेको छ। यो सम्झौता अनुसार बैंकका ग्राहकहरूले ई.स्टप नेपालका रेष्टुरेन्ट सेवाहरूमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवाहरूमा ५ प्रतिशत छुट पाउनेछन्।

ई.स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै विद्युतीय सवारी चार्जिङ स्टेसनहरू सञ्चालन गर्दै आएको छ। एनआईसी एशिया बैंकका ग्राहकहरूले यी स्थानहरूमा आफ्नो विद्युतीय गाडी चार्ज गर्दा वा रेष्टुरेन्टमा खाना खाँदा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।

ग्राहकहरूले छुट प्राप्त गर्नका लागि एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गरी वा बैंकको मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

यो सहकार्यले देशमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुका साथै हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ। ई.स्टप नेपाल ‘दी गो ग्रुप अफ कम्पनी’ अन्तर्गत सञ्चालित संस्था हो।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाका अनुसार यो सम्झौताले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register