दुर्गेश थापाले एसईई परीक्षा अवधिभर ‘स्टेज पर्फमेन्स’ नगर्ने

काठमाडौं । गायक तथा कलाकार दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । थापाले परीक्षार्थीहरूलाई विशेष शुभकामना दिँदै शिक्षा नै जीवनको अमूल्य सम्पत्ति भएको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पेजबाट एक विज्ञप्ति जारी गर्दै उनले यसबारे जानकारी दिएका हुन् । आफूलाई दर्शकहरूकै माया, समर्थन र साथले यहाँसम्म ल्याएको उल्लेख […]

Mar 19, 2025 - 07:32
 0
दुर्गेश थापाले एसईई परीक्षा अवधिभर ‘स्टेज पर्फमेन्स’ नगर्ने

काठमाडौं । गायक तथा कलाकार दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

थापाले परीक्षार्थीहरूलाई विशेष शुभकामना दिँदै शिक्षा नै जीवनको अमूल्य सम्पत्ति भएको उल्लेख गरेका छन् । आफ्नो फेसबुक पेजबाट एक विज्ञप्ति जारी गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

आफूलाई दर्शकहरूकै माया, समर्थन र साथले यहाँसम्म ल्याएको उल्लेख गर्दै परीक्षाको समयमा विद्यार्थीहरूको ध्यान अन्यत्र नजानोस् भन्ने हेतुले कुनै पनि कार्यक्रम नगर्ने निर्णय लिएको बताएका छन् । साथै, आयोजकहरूलाई यस अवधिमा कुनै पनि कार्यक्रममा सम्पर्क नगर्न आग्रह गरेका छन् ।

उनले परीक्षालाई केवल अङ्क ल्याउने माध्यम मात्र नभई मेहनत, इमानदारी र आत्मविश्वासको परीक्षा भएको बताउँदै सबै विद्यार्थीहरूलाई आत्मबलका साथ लक्ष्य प्राप्त गर्न प्रेरित गरेका छन् । “पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरकै हातमा छ, यसलाई मजबुत बनाउनुस्,” भन्दै उनले सम्पूर्ण एसईई परीक्षार्थीहरूलाई शुभकामना दिएका छन् ।

दुर्गेश थापा नेपाली सङ्गीत क्षेत्रका व्यस्त कलाकारहरूमध्ये एक हुन् । उनी देश तथा विदेशका विभिन्न कार्यक्रमहरूमा व्यस्त रहँदै आएका छन् । नेपालभित्र मात्र नभई विदेशका नेपाली समुदायका लागि समेत उनले निरन्तर आफ्नो प्रस्तुति दिइरहेका छन् । पछिल्लो समय उनले फुटपाथ पसलबाट खाजा खाँदै गरेको भिडिओ भाइरल भइरहेको छ, जसमा उनले धेरै राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register