चीनको विकास चमत्कारी छ : पूर्व मन्त्री तमाङ

काठमाडौँ । पूर्व मन्त्री एवम् राप्रपाका नेता बुद्धिमान तमाङले विश्वकै दुई ठूला राष्ट्र चीन र भातको छिमेकी हुनु नेपालको लागि अवसर र चुनौती दुबै रहेको बताउनु भएको छ । फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले मंगलवार साँझ आयोजना गरेको ग्लोबल सिभिलाईजेसन इनिसिएटिभ कार्यक्रममा मन्तवय व्यक्त गर्नुहुदै पूर्व मन्त्री तमाङले फरक राजनीतिक विचारबाट निर्देशित […]

Jul 16, 2025 - 04:16
 0
चीनको विकास चमत्कारी छ :  पूर्व मन्त्री तमाङ

काठमाडौँ ।

पूर्व मन्त्री एवम् राप्रपाका नेता बुद्धिमान तमाङले विश्वकै दुई ठूला राष्ट्र चीन र भातको छिमेकी हुनु नेपालको लागि अवसर र चुनौती दुबै रहेको बताउनु भएको छ ।

फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले मंगलवार साँझ आयोजना गरेको ग्लोबल सिभिलाईजेसन इनिसिएटिभ कार्यक्रममा मन्तवय व्यक्त गर्नुहुदै पूर्व मन्त्री तमाङले फरक राजनीतिक विचारबाट निर्देशित दुई ठूला राष्ट्रको छिमेकी हुनु चुनौतीपूर्ण रहेपनि नेपालले बुद्धिमतापूर्वक सम्बन्ध विस्तार गर्न सके धेरै फाईदा लिनसक्ने बताउनु भयो ।
उहाँले दुबै छिमेकी राष्ट्रसंग समान सम्बन्ध कायम राख्नुपर्ने उल्लेख गर्नुहुदै चीनको विकास चमत्कारी रहेको समेत बताउनु भयो ।

फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष समाजसेवी शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार सविन धमला, परराष्ट्र मामिलाका विज्ञ डम्बर सुनुवार र पूर्व राजदुत युगनाथ लम्सालले चीनको विकास, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक अवस्था र नेपालले चीनसंगको सम्बन्धबाट लिनसक्ने फाईदाको विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व राजदुत बिष्णुहरि नेपाल, पत्रकार ठाकुर बेलबासे, तारा बस्याल, दोलखाका पूर्व जिविस सभापति रुद्र बहादुर खड्का, सुन्दरप्रकाश खड्का, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट चीन भ्रमणमा जान लाग्नु भएका समाजसेवी नन्दु उप्रेती, युवा व्यवसायी नवराज खड्का र कुमार कार्कीलाई अध्यक्ष शोभित उप्रेतीले विदाई गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register