दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ 

काठमाडौँ।   प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर […]

Feb 18, 2025 - 14:29
 0
दुई अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ 

काठमाडौँ। 

 प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौँ बुढानीलकण्ठ२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार बुढानीलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।

उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए।

पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।

पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए।

सोमबारै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानीलकण्ठबाटै डेढ अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो।

यसअघि तीन अर्ब बढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानीलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register