हल्दिबारीमा ८० वर्षीय वृद्धको खोलामा डुबेर मृत्यु

हल्दिबारी, २ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीमबहादुर विष्टको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय भुतेनी खोलामा घाँस काटेर फर्किने क्रममा खोलाको डिलमा चिप्लिएर उनी पानीमा डुबेका थिए । आज दिउँसो करिब १२:३० बजे घटना भएको हो । मृतकको छोराले साँझ १६:२० बजे भिम बहादुरको शव खोलाबाट निकालेर किनारमा राखी कन्चनश्री [...] The post हल्दिबारीमा ८० वर्षीय वृद्धको खोलामा डुबेर मृत्यु appeared first on Jhapa Online.

Jul 18, 2025 - 16:52
 0
हल्दिबारीमा ८० वर्षीय वृद्धको खोलामा डुबेर मृत्यु

हल्दिबारी, २ साउन । झापाको हल्दिवारी गाउँपालिका–५ चारघरेका ८० वर्षीय भीमबहादुर विष्टको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय भुतेनी खोलामा घाँस काटेर फर्किने क्रममा खोलाको डिलमा चिप्लिएर उनी पानीमा डुबेका थिए ।

आज दिउँसो करिब १२:३० बजे घटना भएको हो । मृतकको छोराले साँझ १६:२० बजे भिम बहादुरको शव खोलाबाट निकालेर किनारमा राखी कन्चनश्री प्रहरी चौकीलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ६:४० बजे शव पोष्टमार्टमको लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post हल्दिबारीमा ८० वर्षीय वृद्धको खोलामा डुबेर मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register