लागुऔषधसहित छ जना पक्राउ

झापा, १० पुस । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक–४ का २२ वर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित र मे ३ प [...] The post लागुऔषधसहित छ जना पक्राउ appeared first on Jhapa Online.

Dec 25, 2024 - 08:42
 0
लागुऔषधसहित छ जना पक्राउ

झापा, १० पुस । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक–४ का २२ वर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित र मे ३ प ९५३७ नं. को मोटरसाइकल चालक शिवसताक्षी–७का २९ वर्षीय भुवन मिश्र र पछाडी सवार ३६ वर्षिय सोमनाथ पौडेललाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा सुनसरी धरान–१५का ३७ बर्षीय अर्जुन राईलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका–७ स्थितमा इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह २२६१ नम्बरको अटोमा ४ वटा बोरामा १०७ किलोग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा, अटो र अटो चालक देवानगञ्ज–२ का २० वर्षिय आलम अन्सारी, सह–चालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको छ । लागुऔषधसहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषधसहित छ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register