भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

सुर्खेत, ७ साउन । गए राति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा टिपर खस्दा चालकसहित तीनजना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको भेरी करिडोरमा काम गरिरहेको रा १ क १५०१ नम्बरको टिपर नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाले जनाएको छ। प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार उक्त टिपरमा चालकसहित तीन [...] The post भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता appeared first on Jhapa Online.

Jul 23, 2025 - 04:07
 0
भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता

सुर्खेत, ७ साउन । गए राति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा टिपर खस्दा चालकसहित तीनजना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको यती विल्डर्सको भेरी करिडोरमा काम गरिरहेको रा १ क १५०१ नम्बरको टिपर नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाले जनाएको छ। प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार उक्त टिपरमा चालकसहित तीन जना सवार थिए।

बेपत्ता भएकाको खोजीका लागि जाजरकोट र रुकुमपश्चिमबाट प्रहरी टोली परिचालन गरिएको छ। तर भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ। बेपत्ता व्यक्तिहरूको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

The post भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register