बिर्तामोडमा तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा कन्टेनर नियन्त्रणमा

झापा, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रहरीले आइतबार राति तीन करोड ६१ लाख बराबरको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । भारतबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय कन्टेरनलाई बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको [...] The post बिर्तामोडमा तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा कन्टेनर नियन्त्रणमा appeared first on Jhapa Online.

May 19, 2025 - 05:52
 0
बिर्तामोडमा तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा कन्टेनर नियन्त्रणमा

झापा, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–५ बाट प्रहरीले आइतबार राति तीन करोड ६१ लाख बराबरको अवैध सामानसहित तीन वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ ।

भारतबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय कन्टेरनलाई बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भन्सार छलेर गरी ल्याउँदै गरेको रू तीन करोड ६१ लाख बराबरको Track combine harvester with straw collector and standard accessories बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद सामान र कन्टेनरहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।

The post बिर्तामोडमा तीन करोड ६१ लाखको अवैध सामानसहित तीन वटा कन्टेनर नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register