फरार रहेका नापी अधिकृत साह मिलापत्र तिर

रौतहट।   फरार रहेका एक सरकारी अधिकृत भूमिगत अवस्थामै क्रियाशील रहेका छन् । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फेला पार्न नसकेका काठमाडौँस्थित  नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहले आफ्ना दूत मार्फत बचाउमा लागिपरेका छन् । मोबाइल लगायत सामाजिक सञ्जालमा देखिने साहलाई प्रहरीले गत जेष्ठ १३ गते पक्राउ पुर्जी जारी गरेपनि लामो समयदेखि पक्राउ […]

Jul 23, 2025 - 07:47
 0
फरार रहेका नापी अधिकृत साह मिलापत्र तिर

रौतहट। 

 फरार रहेका एक सरकारी अधिकृत भूमिगत अवस्थामै क्रियाशील रहेका छन् । पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फेला पार्न नसकेका काठमाडौँस्थित  नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साहले आफ्ना दूत मार्फत बचाउमा लागिपरेका छन् । मोबाइल लगायत सामाजिक सञ्जालमा देखिने साहलाई प्रहरीले गत जेष्ठ १३ गते पक्राउ पुर्जी जारी गरेपनि लामो समयदेखि पक्राउ नहुँदा  उनको क्रियाशीलता रहेको हो ।

 नापी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहँदा  किताकाटदेखि बिचौलियाको सम्पर्कबाट अकुत सम्पति जोडेका साहले गरुडा नगरपालिका –६ पोठियाही निबासी सन्तोषकुमार चौधरीसँग १ करोड १० लाख रुपैयाँ  ठगी गरेर फरार रहेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्क विहीन हुँदै आएका थिए । नापी अधिकृत साहका ठगी धन्दालाई  उनका भाइ जीत नारायण साह मार्फत मिलापत्रमा लागिपरेको जनाइएको छ ।

 गएको असाढ १५ गते सम्म बिदा लिएर १६ गतेदेखि फरार रहेका नापी अधिकृत साहको क्रियाशिलताले उनलाई बिभाग र मन्त्रालयले समेत सम्पर्क विहीन बन्न छुट दिएको छ । नापी कार्यालय डिल्लीबजारका प्रमुख डिल्लीराज भण्डारीले निजामती सेबा नियमाबलीमा लगातार ९० दिनसम्म गयल भए मात्र बिभागीय कारबाही हुने प्रावधान रहेको बताए । उनले सम्पर्क विहीन रहेका अधिकृत साहको बुधबार पीडितपक्षसंग मिलापत्र हुने जानकारी आफूले पाएको बताए। 

 प्रहरी मार्फत नापी अधिकृत साह मिलापत्रको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा हाजिर हुने स्रोतको भनाई रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरका न्यायधिबक्ता मोहम्मद मुन्नाका अनुसार पीडितले रकम पाएर मिलापत्र गर्न चाहेमा मिलापत्र हुने बताए । उनका लागि मिलापत्रको लागि प्रहरी मार्फत पीडकलाई सरकारी वकिलको कार्यालयमा हाजिर गराउनु पर्ने प्रावधान रहेको बताए । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक राजन कार्कीका अनुसार फरार साहले पीडित लाई रकम बुझाएकाले मिलापत्र हुने बताए ।

 काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन नापी अधिकृत साह र पीडित चौधरीले २ करोडको संयुक्त लगानीमा खरिद गरेपनि उक्त जमिन नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन ( पास ) गरेकोमा पीडित चौधरीलाई थाहै नदिई ०८०÷०८१ मा नापी अधिकृत साहले चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको हो । साझेदारीमा खरिद गरिएको जग्गा नापी अधिकृत साहले एकलौटी विक्री  गरेर १ करोड १० लाख ठगी गरेको उजुरी गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएपछि उनी सहितकामाथि पक्राउ पुर्जी जारी भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register