उपकुलपतिमा आवेदन दिन एक हप्ता म्याद थप

काठमाडौं । काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न शैक्षिक योग्यता स्नातकोत्तर भए पुग्ने भएको छ । उपकुलपति खोज तथा सिफारिस सम्वन्धी समितिले गत १६ माघमा कार्यविधि संसोधन गर्दै शैक्षिक योग्यता विद्यावारिधिको ठाउँमा स्नातकोत्तर राख्ने निर्णय गरेको हो । केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले असन्तुष्टि जनाएका थिए । विरोध बढ्दै जाँदा […]

Jan 31, 2025 - 12:45
 0
उपकुलपतिमा आवेदन दिन एक हप्ता म्याद थप

काठमाडौं ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न शैक्षिक योग्यता स्नातकोत्तर भए पुग्ने भएको छ ।

उपकुलपति खोज तथा सिफारिस सम्वन्धी समितिले गत १६ माघमा कार्यविधि संसोधन गर्दै शैक्षिक योग्यता विद्यावारिधिको ठाउँमा स्नातकोत्तर राख्ने निर्णय गरेको हो ।

केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले असन्तुष्टि जनाएका थिए ।

विरोध बढ्दै जाँदा केयुका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले समितिलाई मिलाएर लैजान संकेत गरेकाे अनुरुप नै कार्यविधि संसोधन गरिएको सिफारिस समितिले जनाएको छ । समितिले नयाँ कार्यविधि सार्वजनिक गरेसंगै उपकुलपतिमा आवेदन दिन एक हप्ता म्याद थप गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register