पाकिस्तान दूतावासद्वारा काठमाडौँमा उर्दू कविता गोष्ठी सम्पन्न

काठमाडौं।  नेपालस्थित पाकिस्तान दूतावास र साहित्य एकेडेमी नेपालको सहकार्यमा  मङ्गलवार काठमाडौँमा आलमी मुशायरास् उर्दू, शायरी की जुबानू शीर्षकको साहित्यिक कार्यक्रम सम्पन्न भयो। नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त साहित्यिक कार्यक्रममा पाकिस्तान र नेपालका चर्चित उर्दू कविहरू डा। जफर एलीग, डा। साकिब हारुनी, डा। अफजाल मङ्लोरी, […]

Jul 23, 2025 - 12:18
 0
पाकिस्तान दूतावासद्वारा काठमाडौँमा उर्दू कविता गोष्ठी सम्पन्न

काठमाडौं। 

नेपालस्थित पाकिस्तान दूतावास र साहित्य एकेडेमी नेपालको सहकार्यमा  मङ्गलवार काठमाडौँमा आलमी मुशायरास् उर्दू, शायरी की जुबानू शीर्षकको साहित्यिक कार्यक्रम सम्पन्न भयो।

नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई प्रवर्द्धन गर्दै सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त साहित्यिक कार्यक्रममा पाकिस्तान र नेपालका चर्चित उर्दू कविहरू डा। जफर एलीग, डा। साकिब हारुनी, डा। अफजाल मङ्लोरी, फरकान फैजी, मुशरफ अली खान, जाहिद आजाद झण्डा नगरी, गालिब दरीब, अल्ताफ फरीफ्ता र सपना एहसासले आआफ्ना कविता बाचन गरेका थिए । उनीहरुको भावनात्मक प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

कार्यक्रममा नेपाली फिल्म निर्देशक तथा लेखक प्रकाश सायमीले उर्दू कविताको गहिराइ, विविधता र भाषाको सौन्दर्यमाथि प्रकाश पारे भने नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच। हाश्मीले साहित्य एकेडेमी नेपाल र सहभागी कविहरूप्रति आभार व्यक्त गर्दै नेपाली र उर्दू साहित्यबीचको सहकार्य अझ विस्तार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) का सांसद सिराज अहमद फारूकी र नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँलगायत उर्दूप्रेमी राजनीतिकर्मी, बौद्धिक वर्ग, सामाजिक अभियन्ता र दूतावासका पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रमले नेपाल र पाकिस्तानबीचको सांस्कृतिक र साहित्यिक सम्बन्धलाई नयाँ ऊचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register