महासंघद्वारा बोलपत्र संशोधन गर्न माग गर्दै मेयरलाई पत्र

–मेयर सचिवालयकै चलखेल–खरिद प्रमुख र स्वकीयको मुख्य भूमिका–मूल्यांकन गर्ने कर्मचारीको सामूहिक विरोध–इकाइ प्रमुख हटाउन माग काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबार रेक्ट्रोफिटिङ गर्न जारी गरेको बोलपत्र सूचना खारेज गरी पुनः सूचना निकाल्न माग गरेको छ । निर्माण व्यवसायी महासंघले मेयर बालेन्द्र साहलाई पत्र पठाउँदै सो माग गरेको हो ।मेयर साह र उहाँका स्वकीय सचिव भूपदेव साह, […]

Jul 27, 2025 - 03:05
 0
महासंघद्वारा बोलपत्र संशोधन गर्न माग गर्दै मेयरलाई पत्र

–मेयर सचिवालयकै चलखेल
–खरिद प्रमुख र स्वकीयको मुख्य भूमिका
–मूल्यांकन गर्ने कर्मचारीको सामूहिक विरोध
–इकाइ प्रमुख हटाउन माग

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले बागदरबार रेक्ट्रोफिटिङ गर्न जारी गरेको बोलपत्र सूचना खारेज गरी पुनः सूचना निकाल्न माग गरेको छ । निर्माण व्यवसायी महासंघले मेयर बालेन्द्र साहलाई पत्र पठाउँदै सो माग गरेको हो ।मेयर साह र उहाँका स्वकीय सचिव भूपदेव साह, खरिद इकाइ प्रमुख रामरतन साहलगायतको टिमले १२ दिन अघिमात्र एकाध निर्माण व्यवसायीलाई मिल्ने गरी बोलपत्र सूचना प्रकाशित गरेको थियो । सूचना जारी गरेको चार दिनपछि नेपाल समाचारपत्रले ‘सेटिङ’मा बोलपत्रको विषयमा समाचार प्रकाशित गरेको थियो ।

करिब पौने अर्ब रुपियाँ बराबरको ठेक्काका लागि सूचना जारी गरेको थियो । स्रोतका अनुसार खरिद इकाइ प्रमुख साह र स्वकीय सचिव साहको मिलेमतोमा सूचना जारी गरेको थियो । सूचना जारी गर्दा खरिद इकाइ प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई समेत गुमराहमा पारेका थिए । सूचनामा सेटिङ भएको जानकारी नेपाल समाचारपत्रले पाएको थियो । घटना बाहिरिएपछि महासंघले गएको बुधबार मेयर साहलाई सम्बोधन गर्दै पत्र पठाएको हो । पत्रमा बोलपत्रको क्राइटेरिया संशोधन गर्न माग गरेको छ ।

कामपा नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको खरिद इकाइबाट असार ३१ गते बागदरबारमा रेक्ट्रोफिट कार्यको बोलपत्र आह्वान भएकोमा सो बोलपत्रको क्राइटेरियाप्रति महासंघको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । बोलपत्रको क्वालिफिकेसन क्राइटेरियामा सीमित ठेकेदार कम्पनीलाई मात्र पर्ने गरी काम गरेको वर्ष उल्लेख गरेको छ । त्यस मापदण्डअनुसार केही ठेकेदारलाई मात्र मिल्ने गरी सेटिङ गरिएको पाइएको छ । कामपा स्रोतका अनुसार मेयरका स्वीकय सचिव साहको जोडबलमा बोलपत्र तयार गर्दादेखि नै सेटिङ मिलाइएको छ ।

यसमा खरिद इकाइ प्रमुख साह, स्वकीय सचिव शाह र मेयरका सल्लाहकारको मुख्य भूमिका देखिएको स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । व्यवसायीले पुनः सूचना ननिकाले कानुनी उपाचारमा जानेसम्मको चेतावनी दिएका छन् । कामपाले क्राइटेरिया माग गरेको निर्माण व्यवसायी सीमित एक दुईजनामात्र भएका कारण स्वच्छ प्रतिस्पर्धा नहुने ठहर गर्दै रेक्ट्रोफिटिङ नराखी बिल्डिङ वक्र्सको अनुभव हुने गरी बोलपत्र क्राइटेरिया संशोधन गर्न आग्रह गरेको छ । भनिएको छ–‘बोलपत्रमा धेरैभन्दा धेरै निर्माण व्यवसायीहरूको सहभागिता हुने गरी पुनः सूचना प्रकाशित गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’
महासंघले मेयर साहलाई सम्बोधन गरी पत्र पठाएपछि मेयर साह संकटमा पर्नुभएको छ ।

आफ्ना भित्रियाको दबाबमा खरिद इकाइ प्रमुख साहको मिलेमतोमा बोलपत्रको सूचना निकालिएको थियो । पत्र आएपछि मेयरको टिममाथि नै शंका भएको छ । महासंघका महासचिव रोशन दाहालले पत्र पठाउनुभएको थियो । महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयलका सचिवलाई समेत क्राइटेरिया संशोधन गर्न बोधार्थ दिएको छ ।

कामपाले सूचना जारी गरेको १२ बित्न नपाउँदै विवादित देखिएको छ । कामपाले असार ३१ गते सूचना निकालेको थियो । सूचना निकालेकै दिन सेटिङ भएको हल्ला चलेको थियो । स्रोतले उपलब्ध गराएको विवरणअनुसार उक्त ठेक्कामा पूर्वनियोजित ढंगबाट ठेकेदार छान्ने रणनीति अपनाएको देखिएको छ ।

टेन्डर निकाल्नुअघि सहरी योजना आयोगका उपाध्यक्ष राजभण्डारीको निगरानीमा विगतमा बालेन साहको निर्णयले महानगरपालिकामा पूर्वसचिव शंकर पाण्डेले नेतृत्व गरेको बोलपत्र पुनरावलोकन समिति गठन भएको थियो । सार्वजनिक खरिद ऐनले मान्यता नदिएको यो समिति गैरकानुनी रहेको र सो समितिले नै बोलपत्र निकाल्न सुझाएको छ । समितिमा बढी चलखेल मेयरका प्राविधिक विज्ञ सुनिल लम्सालले गर्ने गरेको स्रोतको भनाइ छ । केही महिनाअघि अख्तियारले बयान लिएपछि लम्साल कामपामा देखिँदैनन् । तैपनि महत्वपूर्ण ठेक्कामा स्वकीय सचिव साह र उहाँकै हात देखिन्छ ।

ठेक्का सूचना सेटिङमा राखिएका विशेष प्रावधान राखिएको थियो । त्यसमा खरिद इकाइ प्रमुख साहको मुख्य भूमिका रहेको आरोप लागेको छ । स्रोतका अनुसार टेन्डर सूचना निकाल्नुअघि खरिद इकाइ प्रमुख रामरतन साहलाई शंकरप्रसाद पाण्डे, सुनील लम्साल र भूपदेव साहले दिएको मैखिक निर्देशनमा तयार पारिएको बोलपत्र सूचनामा सेटिङ गरिएको प्रावधानहरू राखिएको दाबी स्रोतको छ ।

७५ करोड लागत अनुमान रहेको निर्माण कार्यलाई तथ्यलाई तोडमोड गरी १ अर्बभन्दा माथिको बोलपत्र डकुमेन्टलाई आधार मानी स्पेसिफिक कन्ट्रक्सन एक्सपिरियन्समा उल्लेख गरेको छ । वर्क अफ बिल्डिङमात्र राखेर प्रतिस्पर्धालाई फराकिलो नबनाई रेक्ट्रोफिटिङ वर्क वा या बिल्डिङ राखी सेटिङवाला बोलपत्रदाता लक्षित गरी प्रतिस्पर्धालाई सीमित बनाइएको दाबी स्रोतको छ ।
कि एक्टिभिटिजमा स्ट्यान्डर बिडिङ डकुमेन्ट (एसबीडी) को विपरीत एबीडीमा हुँदै नभएको निश्चित वर्ष (पर इयर) भन्ने प्रावधान राखी प्रतियोगिता सीमित र बोलपत्रदाता लक्षित गरेको स्रोतको दाबी छ । भित्रभित्रै सेटिङ गरी सबै कागजात तयार गरेपछि मात्र प्रक्रिया अघि बढेको देखिएको स्रोतको भनाइ छ । सोही विवरणमा महासंघको आपत्ति छ ।

बोलपत्रमा १० वर्षसम्म प्रत्येक वर्षको अनुभव मागी प्रतिस्पर्धालाई बोलपत्रदाता लक्षित गरिएको छ । अर्थात् क्षमता भएका बोलपत्रदातहरूलाई आउन नदिई सेटिङ गरेको बोलपत्रदातसँग मेल खानेगरी बिड डकुमेन्ट तयार गरिएको छ ।महानगरपालिकाको खरिद एकाइमा कार्यरत अधिकारीहरूअनुसार यस्ता हर्कतले विद्रोहको स्थिति सिर्जना भएको छ । इकाइ प्रमुख साहको एकलौटी निर्णयको कारण कर्मचारी साहका नेतृत्वमा काम नगर्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृतलाई मौखिक जानकारी गराइसकेका छन् । इकाइ प्रमुख साह साहले मेयरका समूहको निर्देशनमा सबै कार्यहरूमा स्वीकृति दिइरहेका छन् ।

यसैकारण, मूल्यांकन समितिमा रहेका कर्मचारीहरूले साहको सरुवा नभएसम्म ठेक्काको मूल्यांकन नगर्ने अनौपचारिक निर्णय लिएको स्रोतको भनाइ छ । आफ्नो अन्तर्गतका कर्मचारीले काम नगर्ने चेतावनी दिएपछि साह आफंै सरुवा माग्दै कार्यकारीसमक्ष हारगुहार गरिरहेका छन् ।वित्त विभागले सो काम प्रतिस्पर्धात्मक बोलपत्रद्वारा गर्न सुझाव दिएको छ । यथासम्भव बढी निर्माण कम्पनी सहभागी हुने किसिमको मापदण्ड तयार गर्न निर्देशन दिइएको भए पनि सो निर्देशनमाथि ध्यान नदिई पूर्वनिर्धारित प्रक्रिया लागू गरेको पाइएको छ ।

बागदरबारजस्तो ऐतिहासिक भवनको संरक्षणको नाममा सार्वजनिक खरिद ऐनको मर्म र आन्तरिक सल्लाहसमेत उपेक्षा गर्दै पूर्वनिर्धारित निर्णय प्रणालीको प्रयोगले काठमाडौं महानगरपालिकामा गम्भीर संस्थागत भ्रष्टाचार र प्रभावकारी ठेक्का सेटिङको रहेको आशंका कर्मचारीले गरेका छन् । सो जानकारी भएपछि महासंघले समेत पुनः सूचना जारी गर्न आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register