भिरबाट लडेर १ जनाको मृत्यु

बाजुरा, १४ साउन । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि कोल्टी [...] The post भिरबाट लडेर १ जनाको मृत्यु appeared first on Jhapa Online.

Jul 30, 2025 - 09:34
 0
भिरबाट लडेर १ जनाको मृत्यु

बाजुरा, १४ साउन । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।

खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए।

उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्‍याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

The post भिरबाट लडेर १ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register