लागूऔषध गाँजा र ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, २३ वैशाख । सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका–३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ [...] The post लागूऔषध गाँजा र ब्राउन सुगरसहित २ जना पक्राउ appeared first on Jhapa Online.

May 6, 2025 - 09:45
 0
लागूऔषध गाँजा र ब्राउन सुगरसहित २ जना पक्राउ

विराटनगर, २३ वैशाख । सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका–३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट बेलबारी नगरपालिका–४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

The post लागूऔषध गाँजा र ब्राउन सुगरसहित २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register