इन्द्र बानियाँ बने कांग्रेस बागमती संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा बानियाँ २२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बहादुरसिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ । लामाले आफ्नो पार्टीको संसदीय दलको विश्वास गुमाएपछि निर्वाचन भएको हो । मंगलबार बागमती प्रदेश […]

Jul 30, 2025 - 11:43
 0
इन्द्र बानियाँ बने कांग्रेस बागमती संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा बानियाँ २२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बहादुरसिंह लामाले १४ मत प्राप्त गरे । एक मत भने बदर भएको छ ।

लामाले आफ्नो पार्टीको संसदीय दलको विश्वास गुमाएपछि निर्वाचन भएको हो । मंगलबार बागमती प्रदेश कांग्रस संसदीय दलको बैठकमा लामाविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी कांग्रेस संसदीय दलको नेताबाट पदमुक्त भएका थिए ।

विसं २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register