बजेट भोलि ३ बजे प्रस्तुत गरिने

काठमाडौं । सरकारले भोली बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् । कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश […]

May 28, 2025 - 13:54
 0
बजेट भोलि ३ बजे प्रस्तुत गरिने

काठमाडौं । सरकारले भोली बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’

अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन्‌ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register