नागढुंगामा ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले ट्रामाडोल १४,७६० क्याप्सुल र ६० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ। २०८२ साउन १५ गते बिहान १:१५ बजे नागढुंगा पिप्लामोडमा चेकजाँच गर्ने क्रममा बा.प्र.०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरमा आएका पर्सा निवासी २० वर्षीय […]

Jul 31, 2025 - 05:52
 0
नागढुंगामा ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौं ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले ट्रामाडोल १४,७६० क्याप्सुल र ६० हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

२०८२ साउन १५ गते बिहान १:१५ बजे नागढुंगा पिप्लामोडमा चेकजाँच गर्ने क्रममा बा.प्र.०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरमा आएका पर्सा निवासी २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बुका १८ वर्षीय नर्बु शेर्पालाई पक्राउ गरिएको हो।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट बुझाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register