मानवीय सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली गोलाबारी

काठमाडौं । इजरायली गोलाबारीमा परी उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ । गाजा नागरिक रक्षा एजेन्सीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार इजरायली गोलाबारीमा ३०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । यता इजरायलले भने अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सेना (आईडीएफ) ले गाजाका बासिन्दाहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि  गोली […]

Jul 31, 2025 - 10:40
 0
मानवीय सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली गोलाबारी

काठमाडौं । इजरायली गोलाबारीमा परी उत्तरी गाजामा मानवीय सहायताको पर्खाइमा रहेका कम्तीमा ३० प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

गाजा नागरिक रक्षा एजेन्सीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार इजरायली गोलाबारीमा ३०० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यता इजरायलले भने अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सेना (आईडीएफ) ले गाजाका बासिन्दाहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि  गोली चलाएको बताएको छ, तर कुनै हताहतको रिपोर्ट नआएको जनाएको छ ।

एएफपीका अनुसार गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि अस्पतालमा ३५ जनाको शव आइपुगेको बताए ।

एसोसिएटेड प्रेसका अनुसार अस्पतालले कम्तीमा ४८ प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register