तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसनको आयोजनामा सुरु भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । युवाहरूलाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त […]

Feb 16, 2025 - 05:30
 0
तत्काल निर्णय गर्ने क्षमता विकासका लागि खेलकुद महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले तत्काल निर्णय गर्न सक्ने क्षमता विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसनको आयोजनामा सुरु भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

युवाहरूलाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने भन्दै उनले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने मन्त्री सिंहले बताए ।

‘खेलकुदले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै । तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । अनुशासनको विकासका लागि पनि खेलकुदको धेरै महत्त्व छ, ’ उनले बताए ।

आफ्नो बेलामा कराँतेको क्रेज रहेको भन्दै त्यसपछि फुटबल र अहिले क्रिकेटको क्रेज रहेको पनि उनले बताए । खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धाहरू आवश्यक रहेको भन्दै उनले टी–२० क्रिकेट प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register