इजरायलले गर्‍यो २०० प्यालेस्टिनी बन्दीको रिहा

काठमाडौं । इजरायलले २०० प्यालेस्टिनी बन्दीको रिहा गरेको छ । इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको जनाएको छ । गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो । यसअघि हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो । यी चारैजना […]

Jan 26, 2025 - 02:38
 0
इजरायलले गर्‍यो २०० प्यालेस्टिनी बन्दीको रिहा

काठमाडौं । इजरायलले २०० प्यालेस्टिनी बन्दीको रिहा गरेको छ । इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको जनाएको छ ।

गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो ।

यसअघि हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो । यी चारैजना इजरायली सैनिक हुन् ।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार इजरायल जेल सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेलमा आवश्यक प्रक्रिया पूरा भएपछि र प्रशासनको स्वीकृति पछि सबै बन्दीलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ ।’

गाजाबाट मुक्त भएका चार इजरायली बन्धक स्वदेश फर्किए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register