ट्रम्प भन्छन् – युरोपेली सङ्घले अमेरिकाको फाइदा उठाएको छ, कर लगाउँछौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ‘छिट्टै’ कर लगाउने बताएका छन् । उनले भनेका छन्, “युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।” ट्रम्पले भने, “उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।” युरोपेली सङ्घमा कर […]

Feb 3, 2025 - 09:57
 0
ट्रम्प भन्छन् – युरोपेली सङ्घले अमेरिकाको फाइदा उठाएको छ, कर लगाउँछौँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ‘छिट्टै’ कर लगाउने बताएका छन् ।

उनले भनेका छन्, “युरोपियन युनियनले अमेरिकाको फाइदा उठाएको छ ।”

ट्रम्पले भने, “उनीहरूले हाम्रा कारहरू लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू किन्दैनन्, तिनीहरूले हामीबाट लगभग केही पनि लिँदैनन्। हामी तिनीहरूबाट लाखौं कारहरूदेखि लिएर ठूलो परिमाणमा खाद्यान्न र कृषि उत्पादनहरू लिन्छौं।”

युरोपेली सङ्घमा कर लगाउने समयसीमा छ कि छैन भनेर बीबीसीले सोध्दा ट्रम्पले भने, “म यो समयसीमा छ भनेर भन्न सक्दिनँ, तर छिट्टै लगाइनेछ।”

उनले भने, “विश्वका प्राय: सबै देशले अमेरिकालाई धोका दिएका छन् । हामी लगभग हरेक देशसँग घाटामा छौं र हामीले यसलाई परिवर्तन गर्नुपर्छ। यो ठीक होइन।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register