दुई सय बह्र रोपनीको गाँजा नष्ट

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पालिकामा अबैध रुपले लगाईएको गाँजा नष्ट गर्ने अभियान संचालन गर्दा आर्थिक वर्ष २०८१।०८२मा २ सय १२ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ । उदयपुरको ताप्ली गाउँपालिकाको दुर्गम हतपत मानिस तथा प्रहरी नजाने वडामा, बेलका नगरपालिकाको कटुन्जे बबला, मैनामैनी लगायतका दुर्गम पहाडी गाउँहरुमा अबैध रुपले लगाइएको गाँजा नष्ट […]

Aug 7, 2025 - 14:09
 0
दुई सय बह्र रोपनीको गाँजा नष्ट

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाको विभिन्न पालिकामा अबैध रुपले लगाईएको गाँजा नष्ट गर्ने अभियान संचालन गर्दा आर्थिक वर्ष २०८१।०८२मा २ सय १२ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको छ ।

उदयपुरको ताप्ली गाउँपालिकाको दुर्गम हतपत मानिस तथा प्रहरी नजाने वडामा, बेलका नगरपालिकाको कटुन्जे बबला, मैनामैनी लगायतका दुर्गम पहाडी गाउँहरुमा अबैध रुपले लगाइएको गाँजा नष्ट गरिएको हो । अबैध रुपमा लगाइएको गाँजा नष्ट गर्ने अभियान संचालन गर्दा २ सय १२ रोपनीमा लगाइएको २ लाख ४१ हजार ६ सय ९७ बोट गाँजा गएको आर्थिक वर्षमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताए ।

आ. ब २०८१।०८२मा ३ हजार ५ सय ८१ किलो७सय ७९ ग्राम गाँजा प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको थियो । आ. ब २०७९।०८०मा १ सय ५१ किलो ५ सय ७१ ग्राम गाँजा पक्राउ गरेको जिल्ला प्रहरी उदयपुरले आ.ब. २०८०।०८१मा ७सय ४९ किलो ९ ग्राम गाँजा पक्राउ गरेको तथ्याङ्कले देखाएको छ।

विगत दुई आ.ब.को तुलनामा गत आ.ब.मा गाँजा पक्राउको संख्या बढेर गएको देखिन्छ । जिल्लाभित्रका प्रहरी इकाईहरु इलाका प्रहरी कार्यालय कटारी, इलाका प्रहरी कार्यालय बेल्टार र इलाका प्रहरी कार्यालय रामपुर तथा प्रहरी चौकीहरुबाट खोजतलास तथा विभिन्न समयका सुराकी, अनुसन्धानबाट उक्त परिणामको गाँजा र मानिससमेत नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अघि बढाएको सूचना अधिकारी तथा प्रनाउ दोङले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register