मेड आइक्युको ‘हस्पिटल अपरेटिङ सिस्टम’ सार्वजनिक

काठमाडौं । नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यसहित मेड आइक्यु प्रा.लिले विभिन्न सफ्टवेयरहरू विकास गर्दै आएको छ । यसैक्रममा कम्पनीले हालै एक पत्रकार सम्मेलन गरी ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयरको प्राविधिक पक्ष सार्वजनिक गरेको छ ।कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले एचओएस सफ्टवेयरलाई नेपाल सरकारद्वारा २०८१ सालमा जारी गरिएको ‘एकीकृत विद्युतीय चिकित्सा […]

Jun 4, 2025 - 03:03
 0
मेड आइक्युको ‘हस्पिटल अपरेटिङ सिस्टम’ सार्वजनिक

काठमाडौं ।

नेपालको स्वास्थ्य सेवा क्षेत्रलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउने उद्देश्यसहित मेड आइक्यु प्रा.लिले विभिन्न सफ्टवेयरहरू विकास गर्दै आएको छ । यसैक्रममा कम्पनीले हालै एक पत्रकार सम्मेलन गरी ‘हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ नामक नयाँ सफ्टवेयरको प्राविधिक पक्ष सार्वजनिक गरेको छ ।कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले एचओएस सफ्टवेयरलाई नेपाल सरकारद्वारा २०८१ सालमा जारी गरिएको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ को पूर्ण पालना गर्दै तयार पारिएको जानकारी दिए ।

उनीहरूका अनुसार यो सफ्टवेयरले विद्यमान स्वास्थ्य संस्थाहरूलाई प्रविधिसँग जोड्दै सेवा गुणस्तरमा सुधार ल्याउने जानकारी दिए ।कम्पनीका अनुसार एचओएस सफ्टवेयरको माध्यमबाट अस्पताल तथा स्वास्थ्य संस्थाले वेबसञ्जालमार्फत जहाँसुकैबाट डेटा पहुँच गर्न सक्छन् । साथै, बिरामी व्यवस्थापन चक्रमा देखिने समस्याहरूलाई न्यून गराउँदै, विद्युतीय दस्तावेजका माध्यमबाट बिरामीका अभिलेखहरू सुरक्षित राख्न सकिने तथा आवश्यक समयमा सहजै पुनः उपयोग गर्न सकिने सुविधासमेत प्रदान गरिएको छ ।पत्रकार सम्मेलनमा विकसित मुलुकहरूमा यस प्रकारका हस्पिटल म्यानेजमेन्ट सिस्टमहरू प्रभावकारी ढंगले लागू भइसकेको र तिनले नागरिकको स्वास्थ्य सेवामा सहजता, पारदर्शिता र विश्वास वृद्धि गरेको उदाहरण प्रस्तुत गरिएको थियो ।

मेड आइक्युले सोही अनुभवको आधारमा नेपाली स्वास्थ्य प्रणालीलाई स्थानीय आवश्यकताअनुसार परिमार्जन गरिएको सफ्टवेयरमार्फत प्रविधिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको बताइयो ।कम्पनीले विकास गरेको एचओएस सफ्टवेयर स्वास्थ्यकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै बिरामी तथा सेवाग्राहीलाई आधुनिक सेवा अनुभव दिलाउने विश्वास व्यक्त गरिएको छ । सफ्टवेयरले द्रुत सेवा प्रवाह, व्यवस्थापनमा पारदर्शिता, रिपोर्टिङ प्रणालीमा सहजता र अभिलेख सुरक्षित राख्ने क्षमता उपलब्ध गराउने कम्पनीको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register