३ बर्षमा बनिसक्नु पर्ने सेती प्रादेशिक अस्पतालको भवन ८ बर्षमा पनि बनेन

धनगढी । करिब ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको सेती प्रादेशिक अस्पतालको नयाँ भवन ८ वर्ष हुनलाग्दा समेत निर्माण कार्य सम्पन्न हुनसकेको छैन । रविना थेगिम जेभी निर्माण कम्पनीले १८ करोड ७४ लाख २८ हजार ५सय २९ भ्याट बाहेकको रकममा २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता भएका थियो । २०७७ बैशाख २७ गते […]

Aug 11, 2025 - 08:30
 0
३ बर्षमा बनिसक्नु पर्ने सेती प्रादेशिक अस्पतालको भवन ८ बर्षमा पनि बनेन

धनगढी ।

करिब ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएको सेती प्रादेशिक अस्पतालको नयाँ भवन ८ वर्ष हुनलाग्दा समेत निर्माण कार्य सम्पन्न हुनसकेको छैन । रविना थेगिम जेभी निर्माण कम्पनीले १८ करोड ७४ लाख २८ हजार ५सय २९ भ्याट बाहेकको रकममा २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता भएका थियो । २०७७ बैशाख २७ गते निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उक्त भवन हालसम्म पनि निर्माण सम्पन्न भएको छैन ।

भवन निर्माण सम्पन्न नभएपछि सेती प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालको सेवा प्रभावित भएपछि अस्पतालमा आउने विरामीहरुले निकै सास्ती झेल्नु परेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डण्ट डा.हेमराज पाण्डेले जानकारी दिनुभयो । दैनिक करिब १५ सयको संख्यामा ओपिडिमा विरामी आउने भएकाले भवन अभावमा सेवा प्रभाह गर्न नसकेको डा. पाण्डेले बताउनुभयो ।

वि .सं १९९७ मा बनेको भवन जीर्ण बनेपछि सरकारले नयाँ भवन बनाउन लागेको हो । सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा भवन अभावमा वर्षाैदेखि सेवा प्रभावित हुँदै आएको छ । मुख्य बजारको सडकतर्फको भवन बाटोमा परेका कारण नगरपालिकाले भत्काएपछि ओपिडी सेवा प्रभावित बन्न पुगेको थियो । भवनको अभावमा टिनको छानो मुनी ओटी सञ्चालन गर्नुपर्ने बाद्यता रहेको छ ।

भवनको अभावमा स्वास्थ्यको मापदण्ड विपरित ओटी सञ्चालन गर्नुपरेको अस्पतालले जनाएको छ । टिनको छानो भएकाले पुरानो भएकाले पानी परेपछि ओटीमा पानी पर्ने गरेको छ । स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा मापदण्ड विपरित काम गर्नुपर्दा समेत सरोकारवाल गम्भीर नदेखिएको स्थानीय वासिन्दाहरु बताउँछन । प्रदेश सरकारको माहततमा रहेको सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिमका जनतालाई सेवा दिँदै आएको छ । उचित भौतिक संरचना नहुँदा अस्पतालले ब्यवस्थापनमा समस्या झेल्नु परेको छ भन जनताले दुःख पाउनु परेको छ ।

ओपिडी सञ्चालनका लागि अन्य विकल्प नभएपछि बन्दै गरेको नयाँ भवनमा सेवा सञ्चालन गर्नुपरेको थियो । उक्त भवनमा ओपिडि,रेडियोलोजी विभाग लगायत १५ वटा विभाग सञ्चालन गरेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

निर्धारित समयमा भवनको निर्माण सम्पन्न नभएपछि यस अघि बारम्वार म्याद थप हुँदै आएको थियो तर यस पटक भने २०८२ चैत २४ गते अन्तिम म्याद थप गरिएको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका धनगढीका इन्जिनियर सौरभ कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ चैत २४ गते अन्तिम म्याद भएपनि एक महिना अघि फागुन २८ गते देखि जरिवान लाग्ने सर्त राखिएको छ । ठेक्का रकमको ०.०५ प्रतिशत अर्थात दैनिक एक लाख रुपैंया जरिवाना तिर्नुपर्ने ब्यवस्था गरेको छ । यो ब्यवस्थाले गर्दा निर्माण कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न गर्नुपर्ने बाद्यता भएको छ ।

इन्जिनियर कलौनीका अनुसार हालसम्म अस्पताल भवनको निर्माण कार्य करिब ९० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ तर बाँकी १० प्रतिशत कामका कारण शतप्रतिशत काम प्रभावित भएको मेसु डा. पाण्डेले बताउनुभयो । भवन हस्तान्त्रण नहुँदै विभिन्न बाधा अवरोधका वावजुद पनि ओपिडि,रेडियोलोजी सहित १५ वटा विभाग सञ्चालन गर्नु परेको छ । उक्त भवनमा विद्युतको ब्यवस्था नभएकाले ओपिडिमा,रेडियोलोजी लगायतका विभागमा काम गर्ने डाक्टरहरु र सेवाग्राहीहरुले सास्ती झेल्नु परेको छ । गर्मिको समयमा डाक्टरहरु र सेवाग्राही असिनपसिन हुनुपरेको छ ।

निर्माण कम्पनी रविना थेगिम जेभिका साईड इन्जिनियर पवन मण्डलका अनुसार सेती प्रादेशिक अस्पतालको नवनिर्मित भवन असोजको अन्तिम साता हस्तान्त्रण गर्ने तयारीका साथ काम भईरहेको छ ।उक्त भवनमा विद्युत लोड धान्नका लागि करिब ५०० केभि क्षमताको ट्रान्सफमर जडान गर्नुपर्ने र सामान्य इलेक्ट्रीकलको काम, फ्लोरिंग,शौचालयको काम र विद्युतको काम सम्पन्न भएमा भवन हस्तान्त्रण गर्ने इन्जिनियर मण्डलले बताउनुभयो ।थोरै काम बाँकी भएपनि अस्पतालको सेवा सतप्रतिशत प्रभावित भएको प्रशासन शाखा प्रमुख बेद जोशीले जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register