महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुखमा प्रहरी नायव उपरिक्षक  सुनिल जङ शाह नियुक्त ।

Oct 8, 2024 - 14:04
Oct 8, 2024 - 14:07
 0
महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुखमा  प्रहरी नायव उपरिक्षक  सुनिल जङ शाह नियुक्त ।

 

असोज २२, काठमाण्डौं ।महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षकमा  सुनिल जङ शाह  नियुक्त भएका छन ।  यसै अवसरमा उहाँको सम्मानमा  स्वागत सम्मान एवं  उहाँसँगको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो ।  

बडा दशै, शुभदीपावली, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा विगत बर्षझै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित उक्त कार्यक्रम महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक  सुनिल जङ शाहको प्रमुख आतिथ्यता तथा काठमाडौ  महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनको बिशेष आतिथ्यता माझ सम्पन्न भएको हो । 

सो अवसरमा शान्ति  सुरक्षा  सम्बन्धि  छलफल गरिनुका साथै महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको स्वागत सम्मान एवं  उहाँसँगको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो । 

सो अवसरमा महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहले विजया दशमीको शुभकामना व्यक्त गर्नुहुँदै चाडबाडको बेलामा हुन सक्ने चोरी डकैतीलाई रोक्दै शान्ति सुव्यवस्था कायम राख्न उच्च सुरक्षा सतर्कता अपनाईने जानकारी गराउनुभयो । 

त्यसैगरि काठमाडौ  महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनले वडाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन स्थानीय सरकारबाट पनि सक्दो प्रयास जारी राखिने उल्लेख गर्नुभयो । 

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा यस क्षेत्रमा शान्ति प्रबद्र्धनका कार्यक्रमहरु नियमित संचालनमा रहेको जनाउनुभयो । 
 


कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पूर्वसचिव, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा समाजसेवी,स्थानिय बासिन्दा आदीको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register