राहुल गान्धी प्रहरी हिरासतमा

एजेन्सी । भारतका विपक्षी दलका नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गान्धीसहित अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले हिरासतमा लिएको छ । नयाँ दिल्लीका डीसीपी देवेश कुमारले भनेका छन्, ‘चुनाव आयोगले करिब ३० जना सांसदहरूलाई भेटका लागि अनुमति दिएको थियो । तर, धेरै […]

Aug 11, 2025 - 10:59
 0
राहुल गान्धी प्रहरी हिरासतमा

एजेन्सी । भारतका विपक्षी दलका नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गान्धीसहित अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

नयाँ दिल्लीका डीसीपी देवेश कुमारले भनेका छन्, ‘चुनाव आयोगले करिब ३० जना सांसदहरूलाई भेटका लागि अनुमति दिएको थियो । तर, धेरै सांसद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।’

बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीलाई हिरासतमा लिने र त्यहाँ पत्रकारहरूलाई निषेध गर्ने आदेश दिइएको छ । बीबीसी हिन्दीका पत्रकार आयश येगडेले चुनाव आयोगको गेटबाट पत्रकारलाई टाढा राख्ने आदेश पाएको अधिकारीहरूले बताएको जनाएका छन् ।

राहुल गान्धीको नेतृत्वमा विपक्षी सांसदहरूले मतदाता सूचीको विषयलाई लिएर संसद् भवनदेखि चुनाव आयोगसम्म र्‍याली निकालेका थिए । त्यस क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हालै गान्धीले मतदाता सूचीमा भएको गडबडी उजागार गरेका थिए । यद्यपि त्यसलाई चुनाव आयोगले भने खारेज गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register