तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाख बिगो

काठमाडौं । बाराको साविक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोपपत्रअनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी […]

Jan 20, 2025 - 09:24
 0
तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा, ३८ लाख बिगो

काठमाडौं । बाराको साविक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आरोपपत्रअनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटीबापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथसमेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटीबापतको ३८ लाख ३० हजार रुपैयाँ साविक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी बदनियत राखी अन्सारीले हिनामिना, दुरुपयोग गरेको पाइएको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register