टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने

पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् । ‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् । एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने अपेक्षा गरिएको [...] The post टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने appeared first on Jhapa Online.

Aug 12, 2025 - 09:59
 0
टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने


पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् ।

‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् । एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने अपेक्षा गरिएको छ ।

गतवर्ष रिलिज भएको पपस्टारको एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले स्पोटीफाईमा थुप्रै कीर्तिमान रचेको थियो । स्पोटीफाईमा एकैदिनमा सर्वाधिक स्ट्रिमिङ हुने गीतको रेकर्ड यसले रचेको थियो ।

स्विफ्टको नयाँ एल्बमको टाइटल केल्सीको पडकास्टमार्फत सार्वजनिक गरिएको थियो । आफ्नो बहुचर्चित ‘इरास टूर’पछि स्विफ्टको सन् २०२५ तुलनात्मकरुपमा शान्तरुपमा सुरु भएको छ ।

गत मे महिनामा टेलरले आफ्ना सुरुवाती ६ एल्बमको प्रतिलिपि अधिकार फिर्ता लिएको जनाएकी थिइन् ।

The post टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register