सम्पर्कविहीन हायु परिवार पोखरामा फेला

झापा, १३ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित एकान्त घरबाट उर्मिला हायुसहित १६ सदस्यीय परिवार सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोजतलास तीव्र बनाएका थिए। सुरक्षा टोलीले जङ्गल, सम्भावित दुर्घटना स्थल, माइतीमावल, नातागोता र अन्य आफन्तजनसँग सम्पर्क गरी जानकारी संकलन गर्‍यो। परिवारले साउन ६ गते सामाजिक [...] The post सम्पर्कविहीन हायु परिवार पोखरामा फेला appeared first on Jhapa Online.

Jul 29, 2025 - 02:35
 0
सम्पर्कविहीन हायु परिवार पोखरामा फेला

झापा, १३ साउन । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित एकान्त घरबाट उर्मिला हायुसहित १६ सदस्यीय परिवार सम्पर्कविहीन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोजतलास तीव्र बनाएका थिए।

सुरक्षा टोलीले जङ्गल, सम्भावित दुर्घटना स्थल, माइतीमावल, नातागोता र अन्य आफन्तजनसँग सम्पर्क गरी जानकारी संकलन गर्‍यो। परिवारले साउन ६ गते सामाजिक सुरक्षाभत्ता झिकेको र ९ गते नवीकरण गरेको पुष्टि भएपछि उनीहरूको पछिल्लो मोबाइल सम्पर्क साउन ११ गते साँझ ७स्२८ मा नेपाल टेलिकम रामेछाप टावरसँग भएको देखिएको थियो।

वर्षात्को मौसम, विदेशबाट छोरा आएको, भत्ता बुझेको र घरमा सुँगुरको मासु भेटिएको आधारमा घुमघाम वा आफन्त भेट्न निस्किएको अनुमान गरियो। खोजतलासका क्रममा स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी हायु परिवार पोखरा पुगेको पुष्टि भयो। सवारी चालकको सूचनाका आधारमा जननी होटलमा उनीहरूलाई छोडिएको जानकारी पाएपछि प्रशासनले पोखरा प्रहरीलाई खबर गर्‍यो।

सोमबार साँझ हायु परिवार पोखरामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सम्पर्कविहीन परिवारमा ५२ वर्षीया उर्मिला हायुसहित १६ सदस्य थिए, जसमा ८ जना १६ वर्ष मुनिका बालबालिका थिए। घरमा छ वटा बाख्रा र कुकुर छोडेर निस्किएको, कसैलाई जानकारी नदिएको, र श्रीमान् अघिल्लो वर्ष जङ्गलमा मृत अवस्थामा भेटिएको पृष्ठभूमिले घटनालाई थप गम्भीर बनाएको थियो।

The post सम्पर्कविहीन हायु परिवार पोखरामा फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register