सुनसरीमा गोली प्रहारः मध्यरातमा सालीको हत्या गरी भिनाजु फरार

सुनसरी, ३० असार । हरिनगर गाउँपालिका–६ मा एक पुरुषले आफ्नै सालीको गोली हानी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतीय नागरिक आजात मियाँले साली अर्चना खातुनमाथि गोली प्रहार गरेका हुन्। प्रहरी उपरीक्षक सुमन तिम्सिनाले दिएको जानकारी अनुसार घटना गएराति करिब २ बजेतिर भएको हो। खातुनको घटनास्थलमै मृत्यु भएको र सो समयमा उनी तथा [...] The post सुनसरीमा गोली प्रहारः मध्यरातमा सालीको हत्या गरी भिनाजु फरार appeared first on Jhapa Online.

Jul 14, 2025 - 03:59
 0
सुनसरीमा गोली प्रहारः मध्यरातमा सालीको हत्या गरी भिनाजु फरार

सुनसरी, ३० असार । हरिनगर गाउँपालिका–६ मा एक पुरुषले आफ्नै सालीको गोली हानी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भारतीय नागरिक आजात मियाँले साली अर्चना खातुनमाथि गोली प्रहार गरेका हुन्।

प्रहरी उपरीक्षक सुमन तिम्सिनाले दिएको जानकारी अनुसार घटना गएराति करिब २ बजेतिर भएको हो। खातुनको घटनास्थलमै मृत्यु भएको र सो समयमा उनी तथा उनकी बहिनी मात्रै घरमा रहेको प्रहरीले जनाएको छ।

गोली चलाउनुको कारण भने खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् र उनी प्रायः राति मात्रै सालीहरुको कोठामा आउने गरेको जनाइएको छ। घटनापछि मियाँ फरार छन् र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

The post सुनसरीमा गोली प्रहारः मध्यरातमा सालीको हत्या गरी भिनाजु फरार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register