मन्जुश्री फाइनान्सको खुद नाफामा वृद्धि

काठमाडौँ । मन्जुश्री फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी […]

Aug 13, 2025 - 06:10
 0
मन्जुश्री फाइनान्सको खुद नाफामा वृद्धि

काठमाडौँ ।

मन्जुश्री फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो ।

साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपियाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरणयोग्य मुनाफा ३५ करोड ४५ लाख रुपियाँ रहेको छ ।

संस्थाको निक्षेप २५.८९ प्रतिशतले बृद्धि भई २२ अर्ब ९४ करोड रुपियाँ पुगेको छ भने कुल कर्जा १९.६५ प्रतिशतले वृद्धि भई १८ अर्ब ५९ करोड रुपियाँ पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register