प्रधानमन्त्री ओलीसँग मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धिको लक्ष्यसहित कार्यसम्पादन सम्झौता आज हुँदैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र सम्झौतामा हस्ताक्षर हुनेछ। गत वर्षभन्दा झण्डै एक महिना अगाडि हुँदै गरेको यो सम्झौताबाट वर्षभरिका काम प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। ‘समृद्ध […]

Aug 14, 2025 - 07:42
 0
प्रधानमन्त्री ओलीसँग मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका मुख्य काम र उपलब्धिको लक्ष्यसहित कार्यसम्पादन सम्झौता आज हुँदैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र सम्झौतामा हस्ताक्षर हुनेछ।

गत वर्षभन्दा झण्डै एक महिना अगाडि हुँदै गरेको यो सम्झौताबाट वर्षभरिका काम प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधार र सेवा प्रवाह सुधारका काम समयमै सक्न यो अभ्यास थालिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register