चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

झापा, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो । राजस्व विवरण: सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ [...] The post चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब appeared first on Jhapa Online.

Aug 16, 2025 - 16:41
 0
चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

झापा, ३१ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले रु ८५ अर्ब १९ करोड आम्दानी गरेको छ भने रु ४६ अर्ब ३० करोड खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आम्दानी वार्षिक लक्ष्यको ५.५६ प्रतिशत र खर्च २.३६ प्रतिशत हो ।

राजस्व विवरण:

  • कर राजस्व: रु ८० अर्ब ६७ करोड (वार्षिक लक्ष्यको ६.०९%)
  • गैरकर राजस्व: रु ३ अर्ब ७९ करोड ५० लाख (२.४६%)
  • वैदेशिक अनुदान: रु ४२ करोड १९ लाख
  • अन्य प्राप्ति: रु ३० करोड ८९ लाख

सरकारले चालु आवमा कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ। यसमा कर राजस्व रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख, गैरकर राजस्व रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख, र वैदेशिक अनुदान रु ५३ अर्ब ४४ करोड ६९ लाख समावेश छन्।

बजेट तथा खर्च विवरण:

  • चालु आवको कुल बजेट: रु १९ खर्ब ६४ अर्ब ११ करोड
  • हालसम्मको खर्च: रु ४६ अर्ब ३० करोड ६१ लाख
    • चालु खर्च: रु १८ अर्ब ४७ करोड ९८ लाख (१.५६%)
    • पुँजीगत खर्च: रु ७२ करोड ६३ लाख (०.१८%)
    • वित्तीय व्यवस्था शीर्षकमा खर्च: रु २७ अर्ब १० करोड (७.२२%)

महालेखाका अनुसार पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको हो। चालु खर्चको तुलनामा पुँजीगत खर्च निकै न्यून देखिएको छ।

The post चालु आवको पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register