‘सहकारीका ७ हजार बचतकर्ताको बचत फिर्ता भइसक्यो’- सहकारी मन्त्री

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म ६-७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  मन्त्री अधिकारीले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या पूर्ण रुपमा समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा […]

Aug 18, 2025 - 12:56
 0
‘सहकारीका ७ हजार बचतकर्ताको बचत फिर्ता भइसक्यो’- सहकारी मन्त्री

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म ६-७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री अधिकारीले समस्याग्रस्त घोषणा भएका तीन सहकारीको समस्या पूर्ण रुपमा समाधान भइसकेको र दुई सहकारीको समस्या समाधानको चरणमा रहेको पनि जानकारी दिएका छन् । 

सहकारीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै मन्त्री अधिकारीले सहकारीका बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाएका छन् । 

‘अहिलेसम्म ६/७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको ५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र समस्या समाधान हुन्छ ।’, उनले भने, ‘नेपाल ट्रष्टको नाममा कहाँकहाँ जग्गा छ भनेर खोज्दैछौँ, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register