आज भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाइँदै

May 22, 2023 - 00:32
 0
आज भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन  बुझाइँदै
आज भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन  बुझाइँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू माथिको अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ । 

जिल्ला प्रहरी कार्यालयले हालै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।  

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो । 

सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पूर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिनादेखि जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ ।

आइतबार नै बुझाउने भनिए पनि कागजातका अपुग भएपछि आज बुझाउन लागिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1